जलपाईगढी सदर अस्पतालमा गर्भवती महिलाको मृत्यु, श्रीमानले लगाए गलत औषधी दिएको आरोप

IMG-20241025-WA0141-1

जलपाईगढी:  जलपाईगढी सदर अस्पतालमा एक गर्भवती महिलाको मृत्यु भएको छ। गलत औषधी सेवन गर्दा श्रीमतीको मृत्यु भएको श्रीमानको आरोप छ। उनले यस सम्बन्धमा पुलिसमा उजुरी पनि दिएका छन् भने अहिले मौखिक उजुरी दिए पनि छिट्टै पुलिसमा उजुरी दिने बताए। जानकारीका अनुसार आफू रायगञ्जको कान्तिपाडा निवासी भएको श्रीमान् रुपीनाथ पद बर्मनले बताए, हिजो बिहीबार श्रीमतीलाई सुत्केरी पीडापछि उनले श्रीमतीलाई अस्पताल लगे। उनले भने, ‘डाक्टरले औषधी दिएपछि श्रीमतीको स्वास्थ्य अचानक बिग्रिएपछि राति १० बजे उनको मृत्यु भयो। गलत औषधी सेवन गर्दा श्रीमतीको मृत्यु भएकोमा हामी विश्वस्त छौं। त्यसैले हामीले यस सम्बन्धमा लिखित उजुरी गर्ने निर्णय गरेका छौं।‘ –न्यूज एसिया

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement