मालदाको कृषि फार्म मैदानमा शुरु भयो पटेका बजार

IMG-20241025-WA0126

 मालदा: मालदा जिल्ला प्रशासन, पुलिस प्रशासनको पहलमा र जिल्ला व्यापारी संघको सहयोगमा सहरको कृषि फार्म मैदानमा पटेका बजार शुरु भएको छ। जिल्ला अधिकारी नितिन सिंघानियाले पटाका बजारको उद्घाटन गरेका हुन्। उनका साथमा प्रदीपकुमार यादव, इङ्गलिस बजार नगरपालिकाका अध्यक्ष कृष्णेन्दु नारायण चौधरी, दमकलका डिभिजन अधिकृत स्वपनकुमार दास, जिल्ला उद्योग केन्द्रका अधिकृत मानवेन्द्र मण्डल, जिल्ला व्यवसायी संघका अध्यक्ष जयन्त कुण्डु, महासचिव उत्तम बसाकलगायत विशेष अतिथिको उपस्थिति थियो। पटेका बजारमा जम्मा ५१ वटा स्टल छन्। प्रत्येक स्टलमा उच्च गुणस्तरका पटेकाहरू पनि उपलब्ध छन्।  उपस्थित अतिथिहरूले प्रत्येक पटेका  बजारमा रहेका पसलहरूमा गएर आवाज निकाल्ने पटाका बिक्री नगर्न निर्देशन दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement