जलपाईगुडी: मदारीहाट उपचुनावको मिति घोषणा हुनासाथ भाजपाका उम्मेदवार राहुल लोहारले व्यवस्थित रुपमा चुनावी अभियान सुरु गरेका छन्। शुक्रबार बिहान उनले तेलीपारा नजिकै रहेको शिव मन्दिरमा पूजाअर्चना गरेपछि चुनावी अभियान सुरु गरेका हुन्।

उनले विभिन्न चिया बगानमा पुगेर जनतालाई भोट हाल्न आग्रह गरिरहेका छन्। नोभेम्बर १३ मा, देशका दुई राज्यहरू सहित पश्चिम बंगालको छवटा विधानसभा सीटहरूमा उपचुनाव हुँदैछ।