जलपाईगुडी: जलपाईगुडीमा वर्षा शुरु भएको छ। चक्रवात दानाले उडिसा र दक्षिण बङ्गालको तटीय क्षेत्रमा ठूलो जनधनको क्षति गरेको छ। जसका कारण धेरै रुखहरु ढलेका छन् भने धेरै सवारी साधनमा क्षति पुगेको छ। धेरै घरमा पनि नराम्ररी क्षति पुगेको छ। यसको प्रभाव दक्षिण बङ्गाल र उत्तर बङ्गालमा पनि देखिएको छ। दानाको प्रभावका कारण जलपाईगुडीमा हल्का वर्षा भइरहेको छ। योसँगै आकाशमा कालो बादल छाएको छ। जलपाईगुडी लगायत आसपासका क्षेत्रमा हल्का वर्षा सुरु भएको छ।