गान्तोक: सिक्किम सरकारले सरकारी कार्यक्रमहरूको सन्दर्भमा एउटा परिपत्र जारी गर्दै सरकारी कार्यक्रमहरू छोटो अनि निर्धारित समयभित्र पूरा गरिनुपर्छ भनी जनाएको छ। यसैगरी, कार्यक्रम अवधि पेयजल बाहेक अन्य खानेकुराहरू पनि दिइने छैन भनी परिपत्रमा उल्लेख छ।
यस अतिरिक्त, बस्ने व्यवस्था पनि सोफाको सट्टामा कुशन लगाएर साधारण कुर्सी लगाउनु पर्ने बताइएको छ। मुख्यमन्त्री कार्यालयका प्रधान सचिवद्वारा जारी गरिएको उक्त परिपत्रमा मुख्यमन्त्रीको इच्छा अनुरुप सबै सरकारी कार्यक्रमहरूमा यस्तो व्यवस्था गरिनु पर्ने कुरा उल्लेख छ।