सोरेङ जिल्लाका अवकाशप्राप्त सरकारी कर्मचारी प्रकोष्ठको सभा

IMG-20241024-WA0245

सोरेङ: सोरेङ जिल्ला अवकाशप्राप्त सरकारी कर्मचारी प्रकोष्ठ (ग्रीउ)-को तत्वावधानमा सोरेङ भीरडाँडास्थित कार्यालयमा सेवानिवृत्त पुलिस अधीक्षक बीबी सुब्बाको अध्यक्षतामा सभा सम्पन्न भयो। सभामा उप-चुनाउमा सोरेङ-च्याखुङ निर्वाचन क्षेत्रबटा आदित्य गोले र नाम्ची-सिङ्गीथाङ समष्टिबाट सतिस चन्द्र राईलाई एसकेएम पार्टीले उम्मेदवार बनाएकोमा ग्रीउले पार्टी अध्यक्ष एवं मुख्यमन्त्री पीएस गोले र संसदीय बोर्डलाई आभार प्रकट गरेको छ। एसकेएम पार्टीलाई गत ११औं सिक्किम विधानसभा चुनाउमा सोरेङ-च्याखुङ समष्टिमा प्रचण्ड जीत तुल्याउनमा ग्रीउको महत्त्वपूर्ण भूमिका रहेको अनि आगामी उप-चुनाउमा एसकेएम उम्मेदवार आदित्य गोलेलाई गत चुनाउमा भन्दा पनि अधिक मतले प्रचण्ड जीत दिलाउन ग्रीउले आफ्नो तर्फबाट भूमिका निर्वाह गर्नुपर्ने ग्रीउका सोरेङ जिल्ला अध्यक्ष केबी भण्डारीले सभामा अभिव्यक्ति राखे। अध्यक्ष भण्डारीले अघि भने, गत चुनाउमा सिक्किमे जनताले सुनौलो सिक्किम, समृद्ध सिक्किम र सामर्थ्य सिक्किम निर्माणको निमित्त एसकेएम पार्टीलाई अभूतपूर्व जनादेश दिएर दोस्रो पटक सत्तामा पुर्‍याएको अनि आगामी उप-चुनाउमा पनि भारी मतले दुवै समष्टिमा एसकेएम उम्मेदवारहरुले विजयी हासिल गर्नेछन्। एसकेएम अध्यक्ष एवं मुख्यमन्त्री प्रेम सिंह गोलेको कुशल नेतृत्वमा सिक्किमको चौतर्फी विकास हुँदैछ। विकास कार्यमा सिक्किमे जनताले पनि सहभागिता जनाउनुपर्छ। सरकारलाई सकारात्मक, सिर्जनात्मक र रचनात्मक सहयोग पुर्‍याउनु पर्छ। अब सिक्किमे जनताले कुनै पनि चुनाउमा जात, धर्म, वर्गको आधारमा भोट दिनेवाला छैन। अब मतदाताहरुले पार्टीहरुलाई विकासको आधारमा विश्वास गर्नेछन्। एसकेएम पार्टीको सरकारले सिक्किमे समाजलाई जात र धर्ममा नटुक्राई विकास कार्य गरेको हुँदा जनताले एसकेएम पार्टीको उम्मेदवारलाई भोट हाल्ने छन्। ग्रीउ सदस्यहरुले सभामा यी कुराहरु राखे। अर्कोतिर एसकेएम सरकारले शिक्षा, स्वास्थ, नारी सशक्तीकरण सँगसँगै अन्य सबै क्षेत्रमा अभूतपूर्व कार्य गरेको अनि सत्तारूढ एसकेएम पार्टीको ९ वटा ग्यारेन्टीमाथि मुख्यमन्त्रीले अवश्यै काम हुने ग्रीउ सदस्यहरुले बताए। सभामा सभा अध्यक्षता सेवानिवृत्त पुलिस अधीक्षक बीबी सुब्बा, सांस्कृतिक विभागका सेवानिवृत्त सचिव डीबी राउत, कृषि विभागका सेवानिवृत्त उप निर्देशक अरुण कुमार शर्मा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement