जिल्लापालद्वारा ई-कार्यालय प्रणालीको उदघाटन

IMG-20241024-WA0240

पाकिम: डिजिटल रूपान्तरणको दिशामा सक्रियता देखाउँदै पाकिमका जिल्लापाल रोहन अगावानेले आज ई-कार्यालय प्रणालीको पहिलो चरणको औपचारिक उदघाटन गरे। जिल्ला प्रशासनले यो प्रणाली पाकिम जिल्ला प्रशासनिक कार्यालयबाट नै शुरु गरेको हो। भारत सरकारको डिजिटल कार्य परियोजनाअन्तर्गत विभागीय समन्वय बढाउन, सरकारी फाइल व्यवस्थापन प्रवर्द्धन गर्न, कागजको प्रयोगलाई कम गर्न, र प्रशासनिक प्रक्रियाहरूमा पारदर्शिता बढाउन योजना डिजाइन गरिएको हो। आज पहिलो दिनको कार्यक्रमको क्रममा ई-कार्यालय प्रणाली जिल्ला प्रशासन कार्यालयो तीन प्रभागमा सञ्चालन गरियो। जसमा प्रशासनिक खण्ड, निर्वाचन कक्ष र आईटी खण्ड सामेल रहेको छ। जिल्लापालले सम्बोधनमा ई-सेवा प्रमालीको सफलताबारे आगामी महिनामा समीक्षा गरिने बताए। साथै अन्य खण्डहरूमा यस प्रणालीको कार्यान्वयन हुने बताए। यस क्रममा सूचना प्रविधि विभागका सल्लाहकार देवेन्द्र रत्नपारखीले आफ्नो प्रस्तुतिमार्फत ई-कार्यालयप्रणालीको विस्तृत जानकारी दिए। उनले प्रशासनिक कार्यलाई डिजिटलाइज गर्नको लागि अभियान तेज गरिएको बताउँदै विभागहरूमा फाइल ट्रान्जिसनको सुविधामा लाभ पुग्ने जानकारी दिए। उनले यसको फाइदाहरूबारे जानकारी गराउँदै यसबाट उच्च पारदर्शिता, फजवाफदेहिता, त्पादकता, ग्यारेन्टी डाटा सुरक्षा रपर्यावणीय रूपमा दिगो लाभ पुग्ने उल्लेख गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement