पेरिस: विश्वका पूर्व नम्बर एक खेलाड़ी तथा गत च्याम्पियन नोवाक जोकोविचले आउँदो हप्ता शुरु हुने पेरिस मास्टर्स टेनिस टुर्नामेण्टमा खेल्नेछैनन्। उनले आफ्नो नाम फिर्ता लिएका छन्। यस ३७ वर्षीय खेलाड़ीहरूले गत हप्ता सिक्स किंग्स स्ल्याम प्रदर्शनी टुर्नामेण्टमा हिस्सा लिएका थिए। आयोजकहरूले जोकोविच हट्नुको पछि कुनै कारण बताएको छैन। सर्बियाका दिग्गज खेलाड़ी जोकोविचले सोशल मीडियामा भनेका छन्, मलाई ती सबै प्रशंसकहरूका निम्ति खेद छ जो मलाई त्यहाँ खेलिरहेको हेर्न चाहन्थे। त्यहाँ सातवटा खिताब जितेको अवधि मेरो धेरै असल यादहरू रहेको छ अनि आउँदो साल फर्किने आशा गरेको छु। यसपाली टुर्नामेण्टमा नखेल्ने फसेलाले सालको अन्तमा हुने एटीपी फाइनल्सको निम्ति क्वालीफाई गर्ने उनको सम्भावनाहरूलाई धक्का लाग्न सक्छ। प्रतिष्ठित एटीपी फाइनल्समा शीर्ष ८ जना खेलाड़ीले हिस्सा लिनेछन्। रेकर्ड २४ पल्टका ग्राण्ड स्ल्याम च्याम्पियन जोकोविच अहिले एटीपी फाइनल्सको दौड़मा छैटौं स्थानमा रहेका छन्।