मंगपू गोल्ड कपः झापा इलेभेन सजिलै सेमिफाइनलमा

photocollage_2024102510227476

मंगपू: मंगपू युथ क्लबको तत्त्वावधानमा आयोजित मंगपू गोल्ड कप फूटबल टुर्नामेण्ट २०२४-मा नेपालको झापा इलेभेनले सजिलैसँग सेमिफाइनलमा स्थान पक्का गऱ्यो। मंगपू खेल मैदानमा बिहीवार भएको अन्तिम क्वार्टर फाइनल म्याचमा झापा इलेभेनले सीएसए, सिक्किमविरुद्ध ४-०-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट रञ्जीत लिम्बुले ह्याट्रिक गरे। यसबाहेक अन्य एउटा गोल सञ्जय धिमालले गरे। रञ्जीत लिम्बुलाई प्लेयर अव् द म्याच चयन गरियो। टुर्नामेण्टमा १० वटा शीर्ष टीमहरूलाई प्रवेश दिइएको छ। दुईवटा सेमिफाइनल क्रमशः २६ र २७ अक्टोबरमा हुनेछ। यसरी फाइनल ६ नोभेम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा कोषाध्यक्ष सुदर्शन तामाङले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement