पुणे: भारतले स्पिनर वाशिंगटन सुन्दरको विध्वंशी बलिंगको सहायताले बिहीवारदेखि शुरु दोस्रो क्रिकेट टेस्ट म्याचमा न्यूजील्याण्डको पहिलो ईनिंग्स २५९ रनमा समेट्यो। महाराष्ट्र क्रिकेट एसोसिएशन स्टेडियममा टस जितेर पहिला ब्याटिंग गर्ने न्यूजील्याण्डले आज आफ्नो जम्मै १० विकेट भारतीय स्पिनरहरू अघि गुमायो। यसमा वाशिंगटन सुन्दरले ७ र रविचन्द्रन अश्विनले ३ विकेट लिए। त्यसपछि भारतले पहिलो दिनको खेले समाप्त हुँदासम्म आफ्नो पहिलो ईनिंग्समा कप्तान रोहित शर्माको विकेट गुमाएर १६ रन बनायो। रोहित खाता पनि नखोली टिम साउदीको शिकार बने। यशस्वी जयसवाल ६ र शुभमन गिल १० रनमा अविजित छन्। भारतले आज पहिलो टेस्टमा खेल्ने
टीममा तीनवटा फेरबदल गऱ्यो। ब्याटर केएल राहुलको स्थानमा शुभमन गिलले अन्तिम एकादशमा स्थान बनाए। यसरी सुन्दर र पेस बलर आकाश दीपले क्रमशः कुलदीप यादव र मोहम्मद सिराजको स्थान लिए।
न्यूजील्याण्डको पहिलो ईनिंग्समा शुरुवार खराब रह्यो अनि कप्तान टम लाथम केवल १५ रन बनाएर आउट भए। न्यूजील्याण्डको पहिलो ईनिंग्समा पहिलो ३ विकेट अश्विनले हासिल गरे। केवल ३२ रनमा कप्तान आउट भएपछि फर्ममा रहने डेवोन कनवेले विल यंगसँग मिलेर दोस्रो विकेटको निम्ति ५४ रन जोड़े। यंगले १८ रन बनाए। दोस्रो विकेटको पतनपछि कनवेले रचिन रविन्द्रबाट असल साथ पाए। यी दुईजनाले तेस्रो विकेटको निम्ति ६२ रनको पार्टनरशीप गरे। कनवेले सर्वाधिक ७६ रन बनाए। उनले १४१ बल खेलेर ११ वटा चौका लगाए। कनवेलाई अश्विनले आफ्नो तेस्रो शिकार बनाए। त्यहाँबाट रविन्द्रले ग्लेन फिलिप्ससँग मिलेर स्कोरलाई १९७-सम्म पुऱ्याए। फर्ममा रहने रविन्द्रलाई आउट गरी सुन्दरले पार्टनरशीपलाई तोड़े। रविन्द्रले १०५ बल खेलेर ५ वटा चौकाको सहायताले ६५ रन बनाए। रविन्द्र आउट भएपछि न्यूजील्याण्डले भटाभट विकेट गुमाउन थाल्यो। सुन्दरले रविन्द्रसहित रहल ७ विकेट हासिल गरे। तल्लो क्रममा मिचेल सेण्टनरले ३३ रनको योगदान दिए।