राजगञ्ज: प्याज बोकेको लरी अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो। यो घटना बुधवार राति सिलगढी-जलपाईगुडी राष्ट्रिय राजमार्गको हाथिमोडसँग जोडिएको बलाईगाछ क्षेत्रमा भएको हो।स्थानीय र पुलिस स्रोतका अनुसार गएराति प्याजले भरिएको लरी सिलगढीबाट असम जाँदै थियो। त्यसपछि लरी नियन्त्रण बाहिर गएर राजगञ्जको बलाईगाछ क्षेत्रमा सडक किनारमा पल्टिएको थियो। यद्यपी यस घटनामा कुनै हताहतीको खबर आएको छैन।यता, घटनाको जानकारी पाउनासाथ राजगञ्ज पुलिस घटनास्थलमा पुगेर दुर्घटना भएको लरी बरामद गरी घटनाको अनुसन्धान सुरु गरेको छ।