सेमिफाइनलमा नेपाल भारतसँग खेल्ने

IMG-20241024-WA0214

काठमांडू: साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई हराएको छ।
दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले श्रीलंकामाथि ६-० को जित निकाल्दै समूह विजेता बन्न सफल भयो। नेपालका लागि रेखा पौडेलले २ गोल गर्दा सावित्रा भण्डारी साम्बा, रश्मीकुमारी घिसिङ, सविता राना मगर र अमिषा कार्कीले १-१ गोल गरे।
यस जितले नेपाल समूह विजेता पनि भएको छ। नेपाल र भुटानको समान ७-७ अंक भएपनि गोलअन्तरमा नेपालले १ गोलले अघि रहँदै समूह विजेता बनेको हो।
अब सेमिफाइनल खेल आइतबार हुनेछ। पहिलो सेमिफाइनल दिउँसो १:३० बजे बंगलादेश र भुटानबीच हुनेछ। दोस्रो सेमिफाइनलमा साँझ ५:३० बजे नेपाल र भारत भिड्नेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement