२६ वटा गाई उद्धार, एकजना पक्राउ

IMG-20241024-WA0201-copy

सिलगढी: फेरि गाई तस्करी रोक्न पुलिस सफल भएको छ। २६ वटा गाईसहित एकजना पक्राउ परेको छl बंगाल–बिहार सीमामा रहेको खोरीबारीको बाँचभिटा क्षेत्रमा खोजीका क्रममा पुलिसले शंकास्पद ट्रक नियन्त्रण लिएर २६ वटा गाई उद्धार गरेको छ। चालकलाई गाईको वैध कागजात मागेपछि चालकले वैध कागजात पेश गर्न नसकेपछि चालकलाई पक्राउ गरिएको समाचार छ। पुलिस स्रोतका अनुसार मोहम्मद युनिस (४७) बिहारको काठिहार जिल्लाका निवासी हुन्। आरोपीलाई आज सिलगढी डिभिजन अदालतमा पठाइयो। खोरीबारी पुलिस चौकीले यस गाई तस्करीमा कसको संलग्नता छ भन्ने विषयमा अनुसन्धान शुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement