दार्जिलिङ: सिक्किम गोल्ड कप अर्थात् अल ईण्डिया गभरनर गोल्ड कपको नामले प्रतिष्ठित अनि ऐतिहासिक फुटबल प्रतियोगितामा जीटीए ईलेभेनले पनि भाग लिने भएको छ। जीटीए ईलेभेन टिममा केही समय अघि मात्र २२ जना युवा खेलाडीहरूको चयन भएका छन्। सिक्किम गोल्ड कपमा भाग लिने जीटीए ईलेभेनका सम्पूर्ण खेलाडीलाई जीटीए प्रमुख कार्यपाल अनित थापाले शुभकामना दिएका छन्। उनले आज एउटा प्रेस विज्ञप्ति जारी गर्दै खेलकुद क्षेत्रप्रति युवाहरूलाई प्रोत्साहन गर्न जीटीएले धेरै पहलहरु शुरु गरेको बताउँदै गोर्खालाई विश्व सामु चिनाउने फुटबल जस्तो खेललाई जीटीएले प्रथामिकता दिएर गाउँदेखि लिएर समष्टि अनि जीटीए स्तरसम्म धेरै प्रतियोगिताहरू सम्पन्न गर्दै आएको छ बताएका छन्। विज्ञप्तिमा अनित थापाले भनेका छन् -‘आज म गर्वसँग भन्न सक्छु , जीटीएको आफ्नै फुटबल टिम पनि छ। सिक्किम गोल्ड कपको इतिहास १९७९ मा शुरू भएको हो, जब यसलाई सिक्किम फुटबल संघद्वारा स्थापित गरिएको थियो। यो भारतीय फुटबलको एक प्रमुख प्रतियोगिता हो, जुन गान्तोकको पालजोर स्टेडियममा आयोजना हुन्छ। यस प्रतियोगितामा विभिन्न टोलीहरूले भाग लिएका छन्, जसमा मोहन बागान सबैभन्दा सफल क्लब हो, जसले १० पटक खिताब जितेको छ। अन्य प्रमुख विजेताहरूमा मोहम्मडन स्पोर्टिंग र ओएनजीसी एफसी समावेश छन्। टूर्नामेंटले भारतीय फुटबललाई प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेलेको छ।
सिक्किम गोल्ड कपको नामले चिनिने फुटबल टूर्नामेंटकाे प्रतिष्ठा र ऐतिहासिकतालाई हाम्रा खेलाडीहरुले झन गरिमामय बनाउँनेछन भन्ने आशा राखेको छु।’