जयगाउँ घटनाको अनुसन्धान गर्न पुग्यो  विशेष फोरेन्सिक टोली

IMG-20241024-WA0209

अलिपुरद्वार: जयगाउँ घटनाको अनुसन्धान गर्न विशेष फोरेन्सिक टोली फिल्डमा प्रवेश गर्‍यो। जयगाउँमा सात वर्षीया बालिकाको दुष्कर्मपछि हत्या भएको घटनामा फरेन्सिक विज्ञको टोली घटनाको निरीक्षण गर्न घटनास्थल पुग्यो। बिहीबार दिउँसो करिब २ बजे जयगाउँको डालडाबारीस्थित पाँचिलले घेरिएको पुरातात्विक स्थलमा फरेन्सिक टोली पुग्यो। उनीहरूले करिब दुई घण्टासम्म विभिन्न नमुना संकलन गरे। जयगाउँ पुलिस चौकीले अनुसन्धानका लागि प्रवेशद्वार र सम्पूर्ण जमिन सिल गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement