सिक्किम र सिक्किमे जनताप्रति समर्पित रहेर तानाशाही शासन विरूद्ध आवाज उठाइरहने छु: भाइचुङ भोटिया

गान्तोक: हाम्रो सिक्किम पार्टी (एचएसपी) ले आज जारी गरेको एउटा प्रेस विज्ञप्तिमा, सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले भाइचुङ भोटियालाई जेल हालेर उनको निडर अनि निष्पक्ष आवाजलाई दबाउन चाहेको आरोप लगाएको छ।

विज्ञप्ति अनुसार, एचएसपीका कार्यकारी अध्यक्ष भाइचुङ भोटियाले एसकेएमको भ्रष्टाचार र गलत कार्यहरूको खुलासा गरेपछि एसकेएमले लगातार रूपमा कानूनी कारबाहीको डर देखाइरहेको छ। एसकेएम पार्टीको अभिप्राय स्पष्ट छ, जुन भाइचुङ भोटियालाई जेलमा हालेर उनको निडर अनि निष्पक्ष आवाजलाई दबाउनु हो। तर, भोटिया सिक्किम र सिक्किमे जनताप्रति समर्पित रहेर तानाशाही शासन विरूद्ध आवाज उठाइरहने छ भनी बताइएको छ।

भोटियाले एसकेएमलाई उनी विरूद्ध कोर्टमा मामिला दर्ता गर्न चुनौती दिॅंदै कोर्टमा भेट्ने कुरा पुनः दोहोराएका छन्। उनले सिक्किमलाई भ्रष्ट राजनीतिज्ञहरूबाट बचाउन आफु सयौंपल्ट जेल जान तयार रहेको बताएका छन्। एसकेएमको यस्तो धम्की विरूद्ध एचएचपी अथवा भाइचुङ भोटिया नझुक्ने कुरा विज्ञप्तिमा उल्लेख छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement