चियाबारी र टिस्टाको समस्यामाथि जीटीएले ध्यान केन्द्रित गरेर काम गर्नुपर्छ: अजय एडवर्ड

IMG-20241024-WA0207

दार्जीलिङ: जीटीए सभाको पाँचौ सभामा विपक्षका नेता अजय एडवर्डसले चियाबारी र टिस्टाको समस्यामाथि जीटीएको ध्यान केन्द्रित गरेर काम गर्नु पर्नेमा जोड दिएका छन्। सभाको एजेन्डामा चियाबारी अनि टिस्टा आपदा नरहेको तर आफूहरुले अनुरोध गरेपछि चियाबारी विषयमा चर्चा भएको उल्लेख गरेका छन्। सभापछि पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एडवर्डसले चियाबारी श्रमिकहरुको बोनसलाई लिएर भएको आन्दोलनमा जीटिए सभाका चेयरम्यान अन्जुल चौहानले श्रमिक भवन परिसरमा नारा लगाउनु दुर्भाग्यपूर्ण रहेको भन्दै चियाबारीको पर्जापट्टाको समेत मुद्दा उठाएका छन्। जीटीए सभाको चौथो बैठकपछि ९ जना सभासद्हरू विपक्षमा रहेको बताउँदै सभासद तथा हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले भने, लगभग ५९ वटा विभागहरू बंगालबाट ल्याउनुपर्ने कुरामाथि जोर दिँदै जीटीएको अधीनमा चियाबारीको भूमि आयो भने भोलिको दिनमा चिया बगानको मालिकहरूलाई बोलाउन सकिन्छ। जीटीएमा विभाग हस्तान्तरणको निम्ति कोलकातामा क्याम्प हालेर बसी काम गर्नुपर्ने मन्तव्य‌ एडवार्डसले पोखेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement