कोशीमा कांग्रेसका भूपेन्द्र राईलाई भौतिक र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी

IMG-20241024-WA0208

बिराटनगर: कोशी प्रदेशमा नेपाली कांग्रेसका नेता भूपेन्द्र राईलाई भौतिक र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।
नेपाली कांग्रेसभित्र डा. शेखर कोइराला समूहले मन्त्रीको नाम नपठाएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कांग्रेसको भागमा रहेको मन्त्रालय भूपेन्द्रलाई जिम्मा दिएका हुन्। भौतिक पूर्वाधार विकास मन्त्री रहेका राईलाई बिहीबार स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको हो।
राईले अब प्रदेशको भौतिक पूर्वाधार विकास र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन्। मुख्यमन्त्री कार्कीले भने,‘ अब सरकारले पूर्णता पायो।’
गत जुलाई दोस्रो साता कांग्रेस र नेकपा ९ एमाले को नयाँ समीकरण बनेपछि कोशीमा एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ४ मन्त्री तथा २ राज्यमन्त्री पाउने सहमति भएको थियो ।पार्टीको भागमा परेको ४ मध्ये २ मन्त्रालयमा डा. कोइराला समूहले दाबी गर्दै आएपनि कांग्रेस सभापति शेरबहादुर देउवाले एउटा मन्त्री र एउटा राज्यमन्त्री दिन तयार भएपछि शेखर समूहले असन्तुष्ट हुँदै नाम पठाएको थिएन।
पछिल्लोपटक कोशीमा गत सेप्टेम्बर १३मा मन्त्रिपरिषद् विस्तार भएको थियो। डेढ महिनासम्म कोइराला समूहले नाम नपठाएपछि मुख्यमन्त्री कार्कीले सम्हाल्दै आएको मन्त्रालय कांग्रेसलाई नै जिम्मेवारी दिइएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement