सलेशियन कलेज सोनादाको विद्यार्थीहरूद्वारा निर्मित सर्ट फिल्म कामशोला’ लाई न्युयोर्कमा आयोजित फिल्म फेस्टिभलमा तेस्रो स्थान प्राप्त

IMG-20241024-WA0204

सोनादा: सलेसियन कलेज अटोनोमश सोनादाको मास कम्युनिकेशन एण्ड जर्नलिज्म विभागको तेस्रो सेमिस्टरका विद्यार्थीहरूद्वारा निर्मित डकुमेन्ट्री फिल्म ‘कामशोला’ ले अमेरिकाको न्युयोर्कमा आयोजित फिल्म फेस्टिभलमा तेस्रो स्थान हाँसिल गर्न सफल भएको छ।अमेरिकाको न्युयोर्कमा भएको डन बस्को ग्लोबल युउथ् फिल्म फेस्टिभलमा ग्लोबल बेस्ट फिल्म क्याटोगरीमा उक्त डकुमेन्ट्री फिल्मले तेस्रो स्थान ओगट्न सफल बनेको छ। विश्वभरिका ११० देशहरूका ३२० समुदायहरूबाट आएको १२८७ फिल्महरूमा १२० वटा सर्ट फिल्महरू चयन गरिएको थियो जसमा सलेशियन कलेज सोनादाको मास कम्युनिकेशन एण्ड जर्नलिज्म विभागका विद्यार्थीहरूले बनाएको सर्ट फिल्म ‘कामशोला’ ले तेस्रो स्थान हाँसिल गर्न सफल भएको छ। उक्त फिल्म फेस्टिभलको थिम -‘युवाहरू र जलवायु परिवर्तनलाई लिएर पृथ्वीलाई स्वच्छ र हरियाली बनाउने मेरोमा एउटा सपना छ’ रहेको थियो।
पर्यावरणमा भइरहेको प्रदुषण अनि प्रकृतिलाई विशेष आधार बनाएर सोनादाको सलेसियन कलेज (अटोनमस)का मास कम्युनिकेशन एण्ड जर्नलिजम विभागका विद्यार्थीहरुले तयार पारेको ९ मिनटको सर्ट फिल्म’ कामशोला’ ले न्युयोर्कमा आयोजना भएको डनबस्को ग्लोबल युथ फिल्म फेस्टिबलमा तेस्रो स्थान हाँसिल गरेको छ। उक्त खबरले सम्पूर्ण सलेसियन कलेज सोनादामा खुशीको माहौल सृजना भएको छ। उक्त विषयलाई लिएर सलेसियन कलेज सोनादाको प्रेक्षागृहमा उक्त वृत्तचित्रका सम्पूर्ण टोलीलाई एउटा सम्बर्द्धना कार्यक्रमको आयोजना गरियो। उक्त सर्ट फिल्मको सिनेमोटोग्राफर भाष्कर राई र जस्टिन बास्के रहेका छन् भने सहायकमा रेक्स नायक, स्वर नाङ्छेन रामादासो, सम्पादनमा रौनक लामा अनि निर्देशक अञ्जना राई रहेका छन्। सलेशियन कलेज सोनादा अटोनोमसको मास कम्युनिकेशन एण्ड जर्नलिज्म विभागका तेस्रो सेमिस्टरका विद्यार्थीहरूले निर्माण गरेको सर्ट फिल्म कामशोला न्युयोर्कमा आयोजति फिल्म फेस्टिभलमा तेस्रो भएकोमा कलेजको प्रेक्षागृहमा एक कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा मुख्य अतिथिको रूपमा सलेशियन कलेज सोनादा अटोनोमसको प्राचार्य फादर डा बाबु जोसेफ उपस्थित रहेका थिए। त्यसरी नै कार्यक्रममा विशिष्ट अतिथिहरू क्रमैले फादर रेक्टर जोहनी नेडुङगट, उप प्राचार्य ब्रदर डा अगस्टिन जोसेफ, सलेशियन रेडियो अनि टिभीका निर्देशक फादर सीएम पावल, मास कम्युनिकेशन एण्ड जर्नलिज्म विभागका प्राध्यापक फादर अरबिन्द बर्णबास खालको, कामशोला राई, वर्दिका जोशी, फादर प्रितम बरला लगायत अन्यहरू उपस्थित रहेका थिए। उक्त कार्यक्रमलाई सलेशियन कलेज सोनादा अटोनोमसको मास कम्युनिकेशन एण्ड जर्नलिज्म विभागका प्राध्यापिका शिक्शिता देवानले सञ्चालन गरेका थिए। उक्त कार्यक्रममा सर्ट फिल्म कामशोला निर्माण टिमका सदस्य -सदस्याहरू सलेशियन कलेज सोनादा अटोनोमसको मास कम्युनिकेशन एण्ड जर्नलिज्म विभागका तेस्रो सेमिस्टरका विद्यार्थीहरूलाई सम्मान जनाइएको छ।

उक्त कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै कामशोला सर्ट फिल्मको निर्देशक तथा विद्यार्थी अञ्जना राईले उक्त सर्ट निर्माण कार्यमा सहयोग गर्ने ब्रुनो थापा, सलेशियन कलेज सोनादा अटोनोमसको मास कम्युनिकेशन एण्ड जर्नलिज्म विभागका विभागीय प्रमुख शिक्शिता देवान, प्राध्यापक रनित सरकार, प्राध्यापिका मृणाली शर्मा लगायत अन्यहरूलाई धन्यवाद दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement