खरसाङ नगरपालिकाको फोहोर मैलाहरू फ्याँक्ने क्षेत्रमा ट्रिटमेन्ट प्लान्टको निर्माण कार्य शुरु

IMG-20241024-WA0195

खरसाङ: खरसाङ नगरपालिकाद्वारा खरसाड शहरको फोहोर मैला सेगरिकेट गरी फोहोर मैलालाई सही रुपमा सदुपयोग गर्नलाई आजदेखि ट्रिटमेन्ट प्लान्ट निर्माणको कार्य शुरू गरिएको छ। केही महिना अघि खरसाङ नगरपालिका क्षेत्रको फोहोर मैला लैजाने गाडीको बाटोको निर्माण कार्य गरियो भने पहिलो फेसमा जमीनलाई समतल बनाउने अनि सेगरिकेट गरिने जग्गा निर्माण गरिनेछ। उक्त कार्य १८० दिनभित्र पूर्ण गरिने भएको छ। उक्त कार्यको लगानी ९६ लाख १२ हजार २७० रूपियाँ रहेको छ। उक्त कार्यको लागि आज भूमि पूजा गरी कार्यको श्रीगणेश गरिएको छ। खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङको बाहुलीबाट नरिवल खुटाएर उक्त कार्यको शिलान्यास साथै थालनी पनि गरिएको छ। नगरपालिका क्षेत्रका फोहोर मैलाहरू फ्याँक्ने ठाउँ सुन्तले पाखामा ट्रिटमेन्ट प्लान्टको निर्माण कार्य आजदेखि नै शुरु गरिएको छ। पहिलो चरणमा २५ गुणा 30 मीटरको चौड़ादार ठाउँ बनिने अनि दोस्रो चरणमा फोहोर मैला सुक्खा र गिलो छुट्टाएर राख्ने ठाउँ निर्माण गरिने भएको जानकारी प्राप्त भएको छ। उक्त कार्य विषयमा फिफ्टिन फाईनेन्समार्फत् एसडब्ल्युएम प्रोजेक्टबाट शुरु गरिएको जानकारी प्राप्त भएको छ। यस अवसरमा आज खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, भाइस चेयरम्यान सुवास प्रधान लगायत नगरपालिकाको अभियन्ताहरू पुगेर निरीक्षण गरेर शिलान्यास गरेर आजदेखि नै काम पनि शुरु गरिएको छ। यस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङले खरसाङ नगरपालिका क्षेत्रको मैला फ्याँक्ने क्षेत्रमा ट्रिटमेन्ट प्लान्टको निर्माण गर्नलाई शिलान्यास गरिएको छ भने आजदेखि नै कार्य पनि थालिएको बताएका छन्। उनले पहिलो चरणमा २५ गुणा ३० मीटरको चौड़ादार ठाउँ बनाउने र त्यसपछि सुक्खा र गिलो मैला छुट्टाएर अलग अलग गर्ने ठाउँ पनि निर्माण गरिने बताएका छन्। य को लागि खरसाङ नगरपालिकाको सबै जनतालाई साथ र सहयोगको निवेदन गरेका छन्। त्यसरी नै खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले खरसाङ नगरपालिकाको घर घरबाट मैला उठाएर फ्याँक्ने क्षेत्रमा फिफ्टिन फाईनेन्सबाट ट्रिटमेन्ट प्लान्टको निर्माण कार्य शुरु गरिएको र य कार्य १८० दिनमा पूरा गरिने जानकारी गराएका छन्। उनले दोस्रो चरणमा मैला सुव्यवस्थित तरिकाले फ्याँक्नलाई मैला छुट्टाएर फ्याँक्ने व्यवस्था गरिने जानकारी गराएका छन्। उनले यस कार्यको लागि सबैले साथ र सहयोग दिने कुरामा आशा व्यक्त गरेका छन्। उनले फोहोर मैलाहरू फ्याँक्ने कार्यमा शुल्क नतिर्नेहरूलाई नगरपालिकाबाट पाउने सहुलियतहरू नपाउने पूर्व घोषणा आज पनि दोहोराएका छन्। यसै क्रममा खरसाङ नगरपालिकाको अभियन्ता गोबिन अधिकारीले खरसाङ नगरपालिकाको फोहोर मैलाहरू फ्याँक्ने सुन्तले पाखामा एसडब्ल्युएम योजना अन्तर्गत नगरपालिकाको तर्फबाट काम शुरु गरिएको र उक्त कार्य १८० दिनभित्रमा पूरा गरिने जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement