आजादीका अमृत महोत्सव कार्यक्रमअन्तर्गत तिरङ्गा यात्रामा सहभागी हुने ५७ सरकारी संस्थालाई सम्मान पत्र प्रदान

IMG_20220825_224012.jpg

नाम्ची: नाम्ची नगर परिषद् भवनको सभाकक्षामा सम्मान कार्यक्रम सम्पन्न भयो। एसकेएम पार्टीको नाम्ची-सिङ्गिथाङ समष्टिको समष्टिस्तरीय समितिले आयोजना गरेको यस कार्यक्रमलाई आरएमआरटी नाम्चीका अध्यक्ष पेम्पो छिरिङ लेप्चाले अध्यक्षता गरेका थिए।
यस क्रममा आयोजक पक्षले आजादीका अमृत महोत्सव कार्यक्रमअन्तर्गत गत १५ अगस्तमा तिरङ्गा यात्रामा सहभागी हुने नाम्ची परिसरका ५७ वटा गैर सरकारी संस्थालाई सम्मान पत्र प्रदान गऱ्यो। यस अवसरमा नाम्ची नगर परिषदका अध्यक्ष गणेश राई, उपाध्यक्ष सावित्री तामाङ, पार्षदगण, एसकेएम पार्टीको नाम्ची जिल्ला उपाध्यक्ष प्रभारी सतिशचन्द्र राई, सीएलसी अध्यक्ष टाँसी दोर्जे तामाङ आदिको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement