फाँसिदेवाको जलाशयबाट मृतदेह फेला

IMG-20240717-WA0001

फाँसिदेवा: जलाशयबाट एक जनाको लाश फेला परेको छ।यो घटनापछि क्षेत्रमा सनसनी मच्चिएको छ। यो घटना फाँसिदवाको जलस निजामतारा क्षेत्रको बडोपाथु गाउँमा भएको हो। अज्ञात व्यक्तिको शव देखे पछि स्थानीय मानिसहरुले यस घटनाबारे फाँसीदेवा पुलिस थानालाई खबर गरिएको थियो।खबर पाएलगत्तै पुलिस घटनास्थलमा पुगेर लाश बरामद गरी पोस्टमार्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज र अस्पतालमा पठाएको थियो।पुलिसले मृतकको पहिचानको प्रयास गरिरहेको छ। तर, जलाशय नजिकै शव कसरी आयो भन्ने बारे पत्ता लगाउन फाँसीदेवा पुलिस थानाले सम्पूर्ण घटनाको अनुसन्धान थालेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement