कांग्रेसले राजस्थानको सात, असमको एक र कर्नाटकको दुई सीटमा उम्मेदवार घोषणा गऱ्यो

Indian_National_Congress_hand_logo.svg

नयाँ दिल्ली: कांग्रेसले राजस्थानको सात, कर्नाटकको दुई र असमको एक विधानसभा सीटको उपचुनाउमा बिहिवार उम्मेदवारहरूको नामको घोषणा गऱ्यो। कांग्रेसको सूची अनुसार, राजस्थानको झुन्झुनूबाट अमित ओला, रामगढ़बाट आर्यन जुबेर, दौसाबाट दीनदयाल बैरवा, देवली उन्नीआराबाट कस्तुर चन्द मीणा, खिनसवारबाट रतन चौधरी, सलूम्बरबाट रेशमा मीना र चौरासीबाट महेश रौटलाई उम्मेदवार बनाइएको छ।रामगढ़ र सलूम्बर सीटहरू कांग्रेस नेता जुबेर खान र भाजपाका अमृत लाल मीणाको निधन भएपछि खाली भएको छ। राजस्थानका यी सात सीटको उपचुनाउको निम्ति मतदान १३ नोभेम्बरमा हुनेछ र मतहरूको गणना २३ नोभेम्बरमा हुनेछ। कांग्रेसले कर्नाटकको सन्दुरबाट ई. अन्नपूर्णा र चन्नापटना सीटबाट सीपी योगश्वरलाई चुनाउ मैदाना उतारेको छ। पार्टीले शिग्गांव सीटको निम्ति अहिले उम्मेदवारको घोषणा गरेको छैन। उपचुनाउको निम्ति नामांकन दर्ता गर्ने अन्तिम मिति २५ अक्टोबर हो तथा नामांकन फिर्ता लिने अन्तिम मिति ३०बअक्टोबर हो। सन्दुरबाट भाजपाका तुकाराम, शिग्गांवबाट पूर्व मुख्यमन्त्री बसवराज बोम्मई र चन्नापटना सीट जेडीएस नेता एचडी कुमारस्वामीले राजीनामा दिएको कारण खाली भएको छ। यी सबैले यस साल सम्पन्न लोकसभा चुनाउमा सांसद चुनिएपछि राजीनामा दिएका थिए। असमको बेहाली विधानसभा सीटमा जयन्त बोरालाई उम्मेदवार बनाइएको छ। यो घोषणा राज्यमा १६ विपक्षी दलहरूको गठबन्धन असम सोनमिलितो मोर्चाको घटक दलहरूमा बेहाली सीटलाई लिएऱ जारी विवादबीच गरिएको छ। यी सीटहरूमा १३ नोभेम्बरमा मतदान हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement