दार्जीलिङ: सैरेनी बस्ती खासमल संरक्षण समितिको एक टोलीको पञ्चयात समिति सदस्य तथा अधिवक्ता चेतना तामाङको नेतृत्वमा दार्जीलिङ एडीएमसँग पेट्रोल पम्प सम्बन्धी समस्या समाधान गर्न प्रतिवेदन बुझाएको छ। प्रतिवेदनमा सौरेनी बस्ती तथा मिरिक बस्तीका ३०३ जना कृषकहरूका खतियनमा पेट्रोल पम्प रहेको जसको कारण कृषकहरूले जमीन सम्बन्धी विभिन्न समस्या भोग्न परेका कुरा एडिएमलाई अवगत गराए। टोलीमा जीटीएका सल्लाहकार तथा भागोप्रमो केन्द्रीय सह सचिव ज्योति कुमार राई, मिरिक पञ्चयात समिति सदस्य समीर राई, बुद्ध लेप्चा, खासमल संरक्षण समितिका सचिव प्रेम प्रकाश राई, कोषाध्यक्ष भक्त बहादुर राई, सल्लाहकार प्रेम बहादुर सुब्बा उपस्थित थिए। भेटघाटको क्रममा ज्योतिकुमार राई, चेतना तामाङ, प्रेम प्रकाश राई आदिले उक्त समस्या चाँडै समाधान गर्न एडीएमसँग आग्रह गरे। एडीएमले गम्भीरतापूर्वक समस्या सुनी उक्त समस्या समाधान गर्नका लागि चाँडै पहल गर्ने बताए।