सीआईबी प्रमुखको फोटो र नाम प्रयोग गरीधम्की दिने विराटनगरका एक युवक पक्राउ

IMG-20241024-WA0184

मोरंग: विराटनगर ठूलो मिलका एक युवकलाई केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख दिपक थापाको फोटो र नाम अनाधिकृत रुपमा प्रयोग गरि धम्की दिएको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरंगका अनुसार मोबाइलको ट्रयु कलरमा ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको नाम र फोटो प्रयोग गरि विभिन्न वित्तीय क्षेत्रका ब्यक्तिलाई धम्की दिदैं आएको गुनासोसंगै हेमबहादुर खड्कालाई पक्राउ गरेको हो।
पक्राउ परेका ३० वर्षका खड्कालाई हाल थप अनुसन्धान र कानूनी कारबाहीको लागि प्रहरीले प्रक्रिया अघि बढाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement