फिफा अध्यक्ष इन्फेण्टिनोद्वारा २०२६ विश्व कपको निम्ति ९ अफ्रीकी टीमहरूको पुष्टि

IMG-20241024-WA0181

अदीस अबाबा: विश्व फुटबलको नियामक संस्था फिफाका अध्यक्ष जियानी इन्फेण्टिनोले २०२६ विश्व कपमा कम्तिमा ९ अफ्रीकी टीमले भाग लिने पुष्टि गरेका छन्, जुन संयुक्त राज्य अमेरिका, मेक्सिको र कनाडामा आयोजित गरिने छ। इन्फेण्टिनोले उक्त बयान इथियोपियाको राजधानी अदीस अबाबामा मंगलवार अफ्रीकी फुटबल परिसंघ (सीएएफ) को ४६औं साधारण सभाको उद्घाटनमा दिएका हुन्। इन्फेण्टिनोले मंगलवार भने, ‘विश्व कप २०२६ मा ९ अथवा १० अफ्रीकी देश (र क्षेत्र) विश्व कपमा भाग लिनेछ, यो वृद्धि फिको विस्तारित विश्व कप प्रारूप अनुरूप गरिनु पर्नेछ।’ उनले अफ्रीकी देशहरूसॅंग महाद्वीपका युवा फुटबल खेलाड़ीहरूमा अझ धेरै निवेश गर्न र उनीहरूका क्षमतालाई उजागर गर्न आग्रह गरे।
उनले भने, ‘म तपाईहरू सबैलाई युवा फुटबलमा निवेश जारी राख्नको निम्ति प्रोत्साहित गर्दछु, किनकि ती युवा खेलाड़ीहरू नै भोलिका ताराहरू हुन्।’ फिफा अध्यक्षले भने, ‘​फिफाले फीफा महिला विश्व कपमा भाग लिने अफ्रीकी टीमहरूको संख्या वृद्धि गरेर ६ बनाउने दिशामा पनि विचार गरिरहेको छ।’ उनले मोरक्को २०२३ मा फिफा विश्व कपको आयोजन गर्न तयार रहेको बताउॅंदै मोरक्को फीफा विश्व कप आयोजन गर्ने दोस्रो अफ्रीकी देश बन्नेछ भने। अर्कोतिर, असेम्बलीको उद्घाटन सत्रलाई सम्बोधित गर्दै इथियोपियाका राष्ट्रपति टाय एट्सके सेलामीले सीएएफलाई २०२९ अफ्रीकी कप अफ् नेशन्स (एएफसीओएन २०२९) टुर्नामेन्टको आयोजन गर्नका लागि इथियोपियाको बोलीको समर्थन गर्न अपील गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement