आरजी कर प्रकरणमा न्यायको माग्दै महिलाले २६ तारिख बाघजातिन पार्कबाट जुलुस निकाल्ने

IMG-20241024-WA0174

 सिलगढी: आरजी कर मामिलामा न्यायको माग गर्दै महिलाहरू फेरि सिलगढीमा सडकमा उत्रनेछन्। द नाइट इज आवर्स सिलगढी नामक संस्थाको नेतृत्वमा महिलाहरुले बाघजातिन मैदानबाट जुलुस निकाल्ने छन्  आज बाघजातिन पार्क अगाडि आयोजित पत्रकार सम्मेलनमा द नाइट इज आवर्स सिलगढीका अध्यक्ष कोयल रोय रुख्फा खातुनले न्यायको माग गर्दै २६ तारिख बाघजातिन पार्कबाट जुलुस  निकाल्ने बताइन्l यो मुद्दामा धेरै समय बितिसक्यो तर अहिलेसम्म सीबीआईले यस मुद्दाको क्लोजर रिपोर्ट पेश गरेको छैन भन्ने उनको भनाइ छ। उनले यस घटनामा पीडितले जतिसक्दो चाँडो न्याय पाउन र दोषीलाई कारबाही गर्न चाहेको बताइन्। यही मागलाई लिएर २६ तारिख सिलगढीमा फेरि एक पटक विशाल जुलुस निकालिनेछ। समाजका विभिन्न क्षेत्रका महिलाहरू सहभागी हुने भएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement