१२ किलोमिटर लामो देश

00-1-Tuvalu

संसारमा धेरै अनौठा देशहरू छन्, जो आफ्नो फरक क्षेत्र, संस्कृति र मानिसहरूको जीवनशैलीका कारण प्रसिद्ध छन्। एउटा यस्तो देश जसको लम्बाइ १२ किलोमिटर मात्र चौडाई २०० मिटर छ। यो देश चारैतिरबाट समुद्रले घेरिएको छ, जहाँ करिब ११ हजार मानिस बस्छन्। यहाँ एउटा अस्पताल र एउटा पुलिस चौकी मात्र छ। यहाँ चर्चा छ टुभालु देशको, जुन धेरै टापुहरू मिलाएर एउटै देश बनेको छ। टुभालु ९ वटा टापु मिलेर बनेको देश हो। टुभालुलाई विश्वको चौथो सानो देश मानिन्छ, यहाँ कमै मानिसहरु एक अर्काको खुशीमा सहभागी हुने गर्दछन्। जलवायु परिवर्तनका कारण टुभालु देश लगातार डुबिरहेको छ। एक अनुसन्धानका अनुसार आगामी ४ हजार ५० वर्षमा यो देश पूर्ण रुपमा समुन्द्रमा डुबेको छ।

२०२१ मा, टुभालुका विदेश मन्त्री साइमन कोफेले संयुक्त राष्ट्रको जलवायु सम्मेलनमा घुँडासम्म पानीमा उभिएर भाषण दिए। जसले गर्दा उनीहरूले विश्वको ध्यान आफूतर्फ खिच्न सकून्। २०२१ मा टुभालुका विदेश मन्त्री साइमन कोफेले संयुक्त राष्ट्रको जलवायु सम्मेलनमा घुँडासम्म पानीमा उभिएर भाषण दिए। जसले गर्दा उनीहरूले विश्वको ध्यान आफूतर्फ खिच्न सकून्। प्रशान्त महासागरमा अवस्थित यो देशलाई पहिले एलिस आइल्याण्ड भनिन्थ्यो। यो देशमा एउटा मात्रै विमानस्थल छ। यो विमानस्थल दोस्रो विश्वयुद्धका बेला अमेरिकाले बनाएको थियो । यहाँ स्रोत साधनको अभाव भएकाले यो देशमा धेरै कम पर्यटक आउँछन्। तर, यो देशको पनि आफ्नै भाषा, मुद्रा र झण्डा छ। तर, अष्ट्रेलिया सरकारले यी देशका नागरिकलाई शरण दिने प्रस्ताव गरेको छ। युएनडीपीका वैज्ञानिकहरूले भने, ‘हामी यस टापुमा जलवायु परिवर्तनका कारण हुने परिवर्तनहरूको अध्ययन गरिरहेका छौं।‘

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement