सम्थार गोल्ड कपः ब्रदर्स बाई हार्ट फाइनलमा

photocollage_2024102411051598

कालेबुङ: सम्थार स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित छेडुप लामा स्मृति सम्थार गोल्ड कप आमन्त्रणी फूटबल टुर्नामेण्टमा ब्रदर्स बाई हार्ट (सुरुक)-ले फाइनलमा स्थान बनायो। सम्थार खेल मैदानमा बुधवार भएको पहिलो सेमिफाइनल म्याचमा ब्रदर्स बाई हार्टले ग्लेनबर्न युनाइटेड (दार्जीलिङ)-विरुद्ध २-०-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट दुवै गोल सुराग छेत्रीले गरे। उनले म्याचको १४औं र ६२औं मिनटमा गोल गरे। असाधारण प्रदर्शनको निम्ति सुराग छेत्रीलाई प्लेयर अव् द म्याच चयन गरियो। अब शुक्रवार खेलिने दोस्रो सेमिफाइनलमा एनवाईसी सेवोक र सेल्फी डाँड़ा पन्बुबीच भिड़न्त हुनेछ । यसरी फाइनल २७ अक्टोबरमा खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement