गोलभेँडाको मूल्य हालसम्मकै उच्च

IMG-20241024-WA0044

काठमांडू: पछिल्ला केही दिनयता उपत्यकामा गोलभेँडाको मूल्य बढेर थोकमै प्रतिकेजी १८० रुपियाँ पुगेको छ। भ्यालीवासीको माग अनुसार गोलभेँडाको आपूर्ति हुन नसक्दा मूल्य बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।
खुद्रामा यसको मूल्य प्रतिकेजी दुई सय रुपियाँदेखि २५० रुपियाँसम्ममा किनबेच भइरहेको छ। समितिका अनुसार केही दिनअगाडि देशभर आएको अविरल वर्षाले गोलभेँडा खेतीमा क्षति पुगेकाले मूल्य उच्च भएको हो। कालीमाटीका व्यापारी संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले गोलभेँडाको मूल्य यति धेरै महँगो भएको यो पहिलो पटक भएको बताए।
उनका अनुसार यहाँभन्दा अघि गोलभेँडाको मूल्य यति धेरै महँगिएको थिएन। उपभोक्ताले बढीमा १५० देखि १८० रुपियाँ तिरेका थिए। उनका अनुसार अहिले कालीमाटी बजारमा गोलभेँडाको मूल्य प्रतिक्रेट तीन हजारदेखि तीन हजार पाँच सय रुपियाँसम्म पुगेको छ। तिहारपछि बिस्तारै गोलभेँडाको मूल्य घट्ने बताए। आचार्यका अनुसार हाल काठमांडू र भक्तपुरका केही ठाउँबाट गोलभेँडा आइरहेको छ।
यसअघि काठमांडू भ्याली , चितवन, रामेछाप, धादिङ, पालुङ, सिन्धुपाल्चोक, काभ्रे, नुवाकोटलगायतका जिल्लाबाट कालीमाटी तरकारी बजारमा गोलभेँडा आउने गरेका थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement