इनरुवा: कोशी टप्पु बन्यजन्तु आरक्ष क्षेत्रको संरक्षणका साथै समुदायको हक हितका लागि सो क्षेत्रका युवाहरुले समुदायमा आधारित क्लब मार्फत काम गर्न सक्रिय भएका छन्।
कोशी समुदाय युवा क्लब नामक सस्था गठन गरि समुदायमा आधारित युवाहरुले कोशी टप्पु क्षेत्रको बन्यजन्तु र जैविक विविधताको संरक्षणका साथै समुदायको हकहितका लागि योजना बनाएर काम गर्न अग्रसर भएका हुन्।
क्लबका अध्यक्ष जेनिथ साहले परिवर्तन आफैबाट सुरु गर्नुपर्छ भन्ने उदेश्यले समुदायमा आधारित सेवामुलक तथा सचेतनामुलक कार्यहरु गर्दै कोशी टप्पु प्रदेशकै पहिलो पर्यटनको क्षेत्र भएकाले आन्तरिक तथा बाह्य पर्यटक आउने राम्रो बातावरण बनाउन विविध कार्यहरु थालिएको बताए।
क्लबका सचिव रितेश यादवले कोशी नदिको पुर्वी तटबन्धतर्फ रहेको आरक्ष क्षेत्रसग जोडिएका समुदायका हकहित, स्वरोजगार, आयआर्जन र सचेतना अभिबृद्धीका लागि युवाहरुले विभिन्न क्षेत्रसँग हातेमातो गर्दै काम गर्न थालिएको बताए।
क्लबकी कोषाध्यक्ष जागृती यादव बातावरण संरक्षणसगसगै बन्यजन्तु तथा जैविक विविधताको क्षेत्रमा समुदाय तहबाट संरक्षणको काम गर्न थालिएकाले कोशी समुदायमा जागरण आउनुका साथै स्थानिय साधन स्रोतको पहिचान र परिचालनमा लागिएको बताउछीन्।
यसैगरि क्लबको कार्यालयको एक कार्यक्रमका बिच संचालनमा ल्याइएको छ। उक्त कार्यक्रममा पूर्वमन्त्री तथा सुनसरी क्षेत्र नं. ४ का सांसद ज्ञानेन्द्रबहादुर कार्की, कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल, सासंद इसराइल मन्सुरी, कोशी गाउँपालिकका अध्यक्ष ऐयुव अन्सारी, वडा नं. ३ का वडाअध्यक्ष सुलेमान मन्सुरी, कोशी टप्पु वन्यजन्तु आरक्षका प्रमुख श्रीमान रामदेव चौधरी, बिरेन्द्र गौतम, देव कृष्ण यादव, राज कुमार यादवलगायतको सहभागिता रहेको थियो।