मतदान अधिकारीहरूलाई लिएर रेन्डोमाइजेशन सम्पन्न

n636292104172970827889158dff455758c242b07a6b0095b26c9c40a46a48afda7a6fab29c4757ffa7b0a1

सोरेङ: आगामी १३ नोभेम्बरका दिन सम्पन्न हुने सिक्किम विधानसभा उपचुनाउलाई लिएर आज सोरेङ च्याखुङ निर्वाचन क्षेत्रको निम्ति पोलिङ अधिकारीहरूलाई लिएर पहिलो चरणको रेन्डोमाइजेशन जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न भयो।
सोरेङ जिल्लाका जिल्लापाल धिरज सुवेदीको उपस्थितिमा सम्पन्न भएको रेन्डोमाइजेशनमा आईटीका सह निर्देशक अमिर भण्डारी पनि सम्पूर्ण प्रक्रिया अवधि उपस्थित थिए।
यस चरणमा, प्रणालीले उपलब्ध मास्टर डाटाबेसबाट प्रत्येक श्रेणीमा आवश्यक संख्यामा मतदान कर्मचारी चयन गर्दछ। उक्त प्रक्रिया रेन्डमाइजेशन पोर्टल मार्फत गरिएको थियो, जसले चुनाउ प्रक्रियामा निष्पक्षता र पारदर्शिता सुनिश्चित गर्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement