नाम्ची: नाम्ची सिङ्गीथाङ निर्वाचन क्षेत्र र सोरेङ च्याखुङ निर्वाचन क्षेत्रमा सम्पन्न हुन लागिरहेको उपचुनाउको निम्ति अहिलेसम्म सत्तारूढ एसकेएम पार्टीका उम्मेदवारहरू बाहेक अन्य कुनै पनि पार्टीले नामाङ्कन पत्र बुझाएको छैन्।
नाम्ची सिङ्गीथाङ निर्वाचन क्षेत्रबाट एसकेएम पार्टीले सतिशचन्द्र राईलाई उम्मेदवारकोरूपमा खडा गरेको छ भने सोरेङ च्याखुङ निर्वाचन क्षेत्रको निम्ति पूर्व विधायक अदित्य गोलेलाई टिकट दिएको छ।
यी दुवै उम्मेदवारले गत २१ अक्टोबरको दिन नामाङ्कन पत्र बुझाइसकेका छन्। भारतको चुनाउ आयोगद्वारा जारी गरिएको निर्देश अनुसार, नामाङ्कन पत्र भर्ने अन्तिम मिति २५ अक्टोबर दिउॅंसो तीन बजीसम्म निर्धारित छ। इच्छुक उम्मेदवारहरूले बिहान ११ बजीदेखि ३ बजीसम्म आफ्नो नामाङ्कन पत्र बुझाउन सक्नेछन्।
सोही प्रकारले उम्मेदवारहरूले बुझाएको नामाङ्कन पत्रको जाँच आगामी २८ अक्टोबरको दिन हुनेछ भने उम्मेदवारहरूले आफ्नो नामाङ्कन पत्र आगामी ३० अक्टोबरसम्म फिर्ता लिन सक्नेछन्।