विद्यार्थी टोलीको अध्ययन भ्रमणको समापन

IMG-20241023-WA0269

गान्तोक: मिडल गेजिङ स्कूलका विद्यार्थी टोलीले शैक्षिक भ्रमणको क्रममा माछापालनबारे तकनिकीय जानकारीहरु हासिल गरेको छ। विद्यार्थीहरूलाई स्कूलस्तरमै आत्मनिर्भरता सम्बन्धमा जागरुक गराउऩ यस प्रकारको भ्रमणको आयोजन गरिएको थियो। भ्रमणको क्रममा विद्यार्थीहरूलाई माछापालनलगायत मह निकाल्ने तरिकाबारे पनि प्रशिक्षण दिइएको थियो। यस शैक्षिक भ्रमणको उद्देश्य अन्तरक्रियात्मक समूह गतिविधिहरू, नयाँ चुनौतिहरू र विभिन्न क्षेत्रका व्यक्तिहरूसँग अर्थपूर्ण अन्तरक्रियाहरू मार्फत विद्यार्थीहरूको आत्मविश्वास बढाउने जस्ता विषयमाथि लक्षित रहेको थियो। व्यावहारिक शिक्षाको माध्यमबाट, भ्रमणले दिगो कृषि अभ्यासहरूको बारेमा जानकारी गराउने साथै पर्यावरणीय गतिविधिमाथि जागरुक गराउने कुरामा जोड़ दिएको थियो। टोलीले विद्यालय प्रबन्धन र सरकारलाई आभार व्यक्त गर्दै यस्ता पहलहरूले जिज्ञासा बढ़ाउने र आत्मनिर्भर बन्न मदत पुऱ्याउने बताएको छ। पशुपालनबारेको भ्रमणले विद्यार्थीहरुमा दिगो प्रभाव पार्ने र ज्ञान, टोली कार्य कौशल र प्रकृति र कृषि विकासमा प्रेरित बनाउने कुरामा जोड़ दिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement