बोर्डको फसेलामाथि असन्तुष्टि व्यक्त गरे प्रशिक्षक गिलेस्पीले

IMG-20241023-WA0262

रावलपिण्डी: ईंग्ल्याण्डविरुद्ध सीरीजमा हिस्सा लिइरहेको पाकिस्तानी टेस्ट टीमका प्रशिक्षक जेसन गिलेस्पीले बुधवार पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) – द्वारा चयनको मामिलामा उनको अधिकार खोसिएको खबरको पुष्टि गर्दै टीमको जिम्मेवारी लिँदा उनलाई सम्पूर्ण रूपले स्वतन्त्र रहने आश्वासन दिइएको दावी गरे। पीसीबी-को नयाँ फसेलाले गिलेस्पी र टेस्ट कप्तान शान मसूद दुवै टीमको चयन प्रक्रियाबाट बाहिर भएका छन्। उनीहरूलाई मुल्तानलाई ईंग्ल्याण्डविरुद्ध पहिलो टेस्ट म्याचपछि पीसीबी-का एकजना अधिकारीले यस फसेलाबारे बताए। पीसीबी-को फसेलाले निराश गिलेस्पीले भने, म अहिले केवल म्याचको दिनको रणनीतिको निम्ति प्रशिक्षक हूँ। यसैकारण अहिले यी सब कुराहरूबाट टाढ़ा रहन्छु अनि केवल खेलाड़ीहरूमाथि ध्यान केन्द्रित गर्छु। म अहिले केवल प्रशिक्षक हूँ अनि मेरो चयनमा कुनै भूमिका छैन। यस मामिलामा यसभन्दा अधिक म केही भन्न सक्दिन। पीसीबी सूत्रबाट थाहालागे अनुसार, गिलेस्पी र मसूद दुवैले बिहीवारदेखि ईंग्ल्याण्डविरुद्ध यहाँ शुरु हुने तेस्रो टेस्टपछि बोर्ड अधिकारीहरूसँग कुरा गर्नेछन्। प्रशिक्षक र कप्तान दुवैले अहिले चुप बस्ने फसेला गरेका छन्। यसबाहेक गिलेस्वीले सीरीजको समाप्तिपछि अष्ट्रेलिया फर्किएर पीसीबी-सँग आफ्नो अनुबन्धमाथि पुनर्विचार गर्ने सम्भावना पनि छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement