भारतको जर्मनीविरुद्ध निराशाजनक हार

IMG-20241023-WA0260

नयाँ दिल्ली: भारतीय पुरुष हकी टीमले दिल्लीमा एक दशकपछि भइरहेको अन्तर्राष्ट्रिय हकी म्याचमा जर्मनीको युवा टीमविरुद्ध ०-२-ले हारको चरम निराशाजनक सामना गर्नु पऱ्यो। भारतलाई आज आफ्नै गल्तीहरूले डुबायो कारण आयोजक टीमले ८ वटा पेनल्टी कर्नर र एउटा पेनल्टी स्ट्रोक हासिल गरे पनि गोल गर्न सकेन। मेजर ध्यानचन्द स्टेडियममा ११ सालपछि भइरहेको आजको म्याचमा जर्मनीले शुरुदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै आयोजक टीमलाई चेपारोमा पाऱ्यो। पेरिस ओलम्पिकमा १० गोल गर्ने कप्तान हरमनप्रीत सिंहले यस मैदानमा आफ्नो पहिलो म्याचमा पेनल्टी स्ट्रोकमा पनि गोल गर्न सकेनन्। जर्मनीको निम्ति म्याचमा हेनरिक मर्टजेन्सले तेस्रो अनि कप्तान लुकास विण्डफेडरले ३०औं मिनटमा गोल गरे। म्याचमा भारतीय कप्तान हरमनप्रीतको साथमा फरवर्ड पंक्तिका खेलाड़ीहरूले गोल गर्ने अनगन्ती मौका गुमाए। भारत र जर्मनीबीच दोस्रो म्याच बिहीवार खेलिनेछ। आजको म्याचमा जीत हासिल गरी जर्मनीले २ वटा म्याचको सीरीजमा १-०-को बढ़त हासिल गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement