भाजपाका प्रार्थी राहुल लोहारले मदारीहाट विधानसभाबाट गरे नामाङ्कन दर्ता

Capture12-1

अलीपुरद्वार: मदारीहाट विधानसभा सहित राज्यका ६ केन्द्रमा आगामी १३ नोभेम्बरमा उप-चुनाव हुने भएको छ। मदारीहाट विधानसभाबाट भाजपाका उम्मेदवार राहुल लोहारले आज एउटा रंगारंग रैलीको माध्यमबाट आफ्नो नामाङ्कन दर्ता गरे।
भाजपाका उम्मेदवार राहुल लोहारले एउटा रंगारंग रैलीको साथमा शहरको परिक्रमा गर्दै जिल्ला शासक कार्यालयमा पुगेर नामाङ्कन दर्ता गरे। यस अवसरमा भाजपाका प्रदेश अध्यक्ष तथा केन्द्रीय मन्त्री सुकान्त मजूमदार, दार्जिलिङका सांसद राजू बिष्ट, अलीपुरद्वारका सांसद मनोज तिग्गा लगायत अन्य शिर्ष नेताहरू पनि उपस्थित थिए।
यस अवधि भाजपाका प्रदेश अध्यक्ष सुकान्त मजूमदारले भने, हामी आफ्नो पूर्ण शक्तिसँग उपचुनाउमा लाग्नेछौं। जनता भाजपासँग रहेको छ। हाम्रो जीत निश्चित छ।

About Author

Advertisement