पर्सा: वीरगन्जका बिरयानी हाउस(होटल)हरूले कुखुराको सडेको मासु बिक्री गर्दै आएको खुलासा भएको छ।
बुधबार बजार अनुगमन समितिले वीरगन्जका चार वटा बिरयानी हाउसहरूमा छड्के अनुगमन गर्ने क्रममा दुई वटामा कुखुराको सडेको मासु र म्याद गुज्रिएका मसलाबाट बिरयानी बनाएर बिक्री गर्ने गरेको भेटिएको हो।