१६ औं ब्रिक्स शिखर सम्मेलनमा प्रधानमन्त्री मोदीले भाग लिए

PM in a bilateral meeting with the President of the Republic of Uzbekistan, Mr. Shavkat Mirziyoyev, on the sidelines of the 16th BRICS Summit at Kazan, in Russia on October 23, 2024.

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले आज कजानमा रुसको अध्यक्षतामा आयोजित १६औँ ब्रिक्स शिखर सम्मेलनमा भाग लिए। ब्रिक्सका नेताहरूले बहुपक्षीयतालाई सुदृढ गर्ने, आतंकवादको सामना गर्ने, आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्ने, दिगो विकासलाई पछ्याउने र ग्लोबल साउथका सरोकारहरूलाई केन्द्रित गर्नेलगायतका विभिन्न मुद्दाहरूमा सकारात्मक छलफल गरेका छन्। यी नेताहरूले १३ नयाँ ब्रिक्स साझेदार देशहरूलाई स्वागत गरे। प्रधानमन्त्रीले ब्रिक्स शिखर सम्मेलनको दुई सत्रलाई सम्बोधन गरे। सम्बोधनमा प्रधानमन्त्रीले विश्व द्वन्द्व, जलवायुको प्रतिकूल प्रभाव र साइबर खतरालगायत अनेकौं अनिश्चितता र चुनौतीबाट गुज्रिरहेको बेला शिखर सम्मेलन हुन लागेको बताए। यस्तो अवस्थामा ब्रिक्सबाट धेरै अपेक्षाहरू छन्। यी चुनौतीहरूको सामना गर्न यस समूहलाई जनकेन्द्रित दृष्टिकोण अपनाउन प्रधानमन्त्रीले सुझाव दिए। प्रधानमन्त्रीले आतंकवादको खतरासँग लड्न संयुक्त राष्ट्र संघमा अन्तर्राष्ट्रिय आतंकवाद सम्बन्धी बृहत् महासन्धि चाँडो अपनाउनुपर्नेमा जोड दिए।

प्रधानमन्त्रीले ब्रिक्सलाई विश्वव्यापी सुशासन सम्बन्धी सुधारतर्फ सकारात्मक रूपमा अगाडि बढ्न आह्वान गरे। जी-२० को अध्यक्षतामा भारतले आयोजना गरेको ग्लोबल साउथ शिखर सम्मेलनको आवाजलाई स्मरण गर्दै उनले समूहले ग्लोबल साउथको सरोकारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। भारतको गिफ्ट सिटीलगायत न्यू डेभलपमेन्ट बैंकको क्षेत्रीय उपस्थितिले नयाँ मूल्य र प्रभाव सिर्जना गरेको प्रधानमन्त्रीले बताए। आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्न ब्रिक्सका गतिविधिहरू प्रकाश पार्दै उनले कृषिमा व्यवसाय गर्न सजिलो, बलियो आपूर्ति शृङ्खला, इ-कमर्स र विशेष आर्थिक क्षेत्रहरूमा यसका प्रयासहरूले नयाँ अवसरहरू सिर्जना गरेकोमा जोड दिए। उनले साना तथा मझौला उद्योगलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। उनले भने, ‘भारतद्वारा शुरु गरिएको ब्रिक्स स्टार्टअप फोरमले ब्रिक्सको आर्थिक एजेन्डामा महत्त्वपूर्ण मूल्य थप्नेछ। यसै वर्ष संचालनमा ल्याउन लागिएको हो।‘

प्रधानमन्त्रीले सीओपी-२८ को समयमा घोषणा गरेको अन्तर्राष्ट्रिय सौर्य गठबन्धन, विपद् प्रतिक्रिया पूर्वाधारको लागि गठबन्धन, मिशन लाइफ र ग्रीन क्रेडिट इनिसिएटिभसहित भारतले हालैका हरित पहलहरूबारे विस्तृत जानकारी दिए। उनले यी पहलहरूमा सामेल हुन ब्रिक्स देशहरूलाई निम्तो दिए। प्रधानमन्त्रीले १६औँ ब्रिक्स शिखर सम्मेलन सफलतापूर्वक आयोजना गरेकोमा रुसी राष्ट्रपति पुटिनलाई बधाई दिँदै समूहको अध्यक्षतामा ब्राजिललाई शुभकामना दिए। शिखर सम्मेलनको समापनमा नेताहरूले ‘कजान घोषणापत्र’ पारित गरे। -पीआईबी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement