पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सरकारी वकिल कार्यालयमा बयान लम्बिएको छ। साढे दुई बजेबाट सुरु भएको बयानमा अनावश्यक लम्ब्याइएको भन्दै रवि असन्तुष्ट बनेका छन्।
सरकारी वकिलको कार्यालयमा दिउसो साढे दुई बजेबाट सुरु भएको बयान बेलुकी सात बजेसम्म सकिएको छैन। बयान अधुरो राखेर भोलि म्याद थपका लागि बहाना बनाउन खोजिएको भन्दै रविले विरोध जनाइरहेको स्रोतले बतायो।
स्रोतका अनुसार आज जसरी पनि बयान सक्नुपर्ने अडानमा उनी छन्। उनले भनेका छन्, ‘आज बयान नसकेसम्म यो कुर्सीबाट उठ्दिन।’