सिलगढी: मानसिक रोगी बालिकालाई दुश्करम गरेको आरोपमा सौतेनी बाबु पक्राउ! यो घटनालाई लिएर नक्सलबारी क्षेत्रमा ठूलो तनाव देखिएको छ। मानसिक रोगी बालिकाकी आमा काममा गएकी बेला दुष्कर्मको शिकार भएको आरोप छ। बालिकाकी बहिनीले नक्सलबारी पुलिस चौकीमा उजुरी दिएपछि पुलिसले आरोपीलाई पक्राउ गर्यो। अभियुक्तलाई भोलि सिलगढी महकुमा अदालतमा पेश गरिनेछ। बालिकाकी बाबुको मृत्युपछि उनकी आमाले अर्को बिहे गरेको समाचार छ। उक्त व्यक्तिले एक महिनादेखि बालिकालाई दुष्कर्म गरेको आरोप छ। पुलिसले घटनाको सम्पूर्ण अनुसन्धान शुरु गरेको छ।