बिराट चौक: मोरङको बेलबारीमा जारी ७औं बेलबारी आरजु राईस अन्तर्राष्टिय आमन्त्रण गोल्डकपको सेमिफाइनलमा सिराहाको सहलेस फुटबल क्लब पुगेको छ।
बेलबारी-११ लक्ष्मीमार्गमा बुधबार भएको खेलमा सिराहाले भारत पश्चिमबंगलाको दलसिंहपारा फुटबल क्लबलाई ३-२ गोलमा हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।सिराहाले जितसँगै फाइनल यात्राका लागि शुक्रबार काठमांडू को चित्लाङ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्ने छ।
खेलको चौथो मिनेटमा सिराहाका अजयी मार्टिनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। समिर तामाङले मिलाइ दिएको पासमा मार्टिनले गोल गरे। ८औं मिनेटमा मार्टिनको पासमा समिर तामाङले गोल गर्दै अग्रता दोब्बर पारे।२६औं मिनेटमा पुनः समिरले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरे। उनले पाएको वान भर्सेस वानमा गोल गरेका हुन्। पहिलो हाफको अतिरित्त समयमा दलसिंहपाराका रोहन थापाले गोल गरे। ४६औं मिनेटमा पुनः रोहनले गोल गर्दै गोल अन्तर घटाए। थप आक्रमण खेलको दलसिंहपाराले गोल संख्या बढाउन नसकेपछि घर फर्कन बाध्य भए।
खेलको म्यान अफ द म्याच सिराहाका समिर तामाङलाई नगद ५ हजार रुपैयाँ र ट्रफी कोशी प्रदेश खेलकुद विकास समितिका सदस्यसचिव कृष्ण बस्नेत ९पर्शुरामले प्रदान गरे।एलएक्स सिटी फुटबल क्लबले आयोजना गरेको प्रतियोगिताअन्तर्गत बिहीबारको खेल झापा ११ फुटबल क्लब र बुटवल लुम्बिनी फुटबल क्लबबीचको विजेताले फाइनल यात्रा तय गर्ने छ।