मोटरसाइकल दुर्घट्ना हुँदा केराबारी ७ का युवा घाइते

IMG-20241023-WA0247

मोरंग (बिराट चौक): मदन भण्डारी मार्ग अन्र्तगत मोरंगको केराबारी पानबारी सडक खण्ड खदम पुल पश्चिम पटि बासघारी नजिकै मोटरसाइकल दुर्घट्ना हुँदा मोटरसाइकल चालक गम्भिर घाइते भएका छन्।
बुधबार साझ ५ः३० बजे केराबारी ७ डाँगी चोकबाट पूर्व आउँदै गरेको प्रदेश १(०२(०४२ प। ३७४० नम्बरको मोटरसाइकलमा सवार केराबारी ७ का ३१ वर्षिय कुमार खड्का घाइते भएका हुन्। उनको स्थानीय दिशिका मेडिकल हलमा स्वास्थ्य उपचार सम्भव नभएपछि थप उपचारका लागि विराट नसिंग होम विराटनगर लगिएको इलाका प्रहरी कार्यालयले जनाएको छ। उनको टाउको चोट लागेको बताइएको छ। मोटरसाइकल अनियन्त्रित गतिका कारण दुर्घट्ना भएको प्रहरीले जानकारी गराएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement