राज्यपाल, मुख्यमन्त्रीद्वारा टोलीका साहसिक अभियान टोली प्रमुखलाई ब्याटन हस्तान्तरण

IMG_20220825_221715.jpg

गान्तोक: सेनाको इस्टर्न कोरले भारत-चीन सीमा क्षेत्रमा पर्वतारोहण, ट्र्याकिङ, साइकलिङ अनि राप्टिङको तयारी गरेको छ। यी साहसिक अभियानहरूको निम्ति आज राज्यका राज्यपाल गंगा प्रसाद, मुख्यमन्त्री प्रेमसिंह तामाङ अनि सेनाका लेफ्टिनेन जनरल तरुण कुमारले ती अभियानमा संलग्न टोलीका प्रमुखहरूलाई अभियान ब्याटन हस्तान्तरण गरे। यी साहसिक कार्यक्रमहरू सिक्किमदेखि अरुणाचल प्रदेशसम्म भारत-चीन सीमा क्षेत्रका पहाड़ी भेकमा सम्पन्न हुनेछ। यसमा सेनासँगै स्थानीयहरूको पनि सहभागिता रहनेछ।

यस अभियानअन्तर्गत मोठ २० कार्यक्रम आयोजन गरिनेछ जसमा चारवटा पर्वतारोहण अभियान, सातवटा ट्र्याकिङ अभियान, ६ वटा साइकलिङ अनि ३ वटा राफ्टिङ अभियान सामेल रहेको छ। यी सबै क्रियाकलापहरू सेनाको इस्टर्न कमाण्डको चारवटा कोर ४ कोर, ३३ कोर, १७ कोर अनि ३ कोर अन्तर्गत सम्पन्न गराइनेछ।

यसबारे पत्रकारहरूसँग कुराकानी गर्दै इस्टर्न कमाण्डका लेफ्टिनेन जनरल तरुण कुमारले यी गतिविधिहरूले सधैं राष्ट्रिय एकीकरणमा महत भूमिका निर्वाह गरिरहेको विचार पोखे। यस्ता गतिविधिहरूले विशेषगरी सीमा क्षेत्रमा सैनिक जीवनबारे बुझ्ने हाम्रा नागरिकहरूले पनि अवसर पाउने उनले बताए। नारीशक्तिप्रति सधैं श्रद्धा अनि गर्व गर्ने भारतीय इतिहास रहेको उल्लेख गर्दै यी अभियानहरूमा नारीहरूको पनि सहभागिता रहेको जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement