टिस्टा ऊर्जा जल विद्युत परियोजनाद्वारा लुम सरकारी प्राथमिक पाठशालालाई पंखा वितरण

IMG-20220825-WA0182.jpg

गान्तोक: टिस्टा ऊर्जा चार जल विद्युत परियोजनाले लुम सरकारी प्राथमिक पाठशालालाई सिलिङ फेन प्रदान गरेको छ। हिजो लुम पाठशालामा आयोजित एक कार्यक्रमबीच उक्त कम्पनीले सिलिङ फेन प्रदान गरेको हो। यस कार्यक्रममा स्थानीय पञ्चायत, विद्यालय प्रबन्धन समितिका सदस्य,विद्यालयका शिक्षकवर्ग लगायत कम्पनीका अधिकारीवर्गको पनि उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा कम्पनीका महाप्रबन्धक सीआर दासले पाठशालामा चाहिने आवश्यक पूर्वधारको व्यवस्था गरिदिने आश्वासन दिएका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै दासले यस पाठशालामा पूर्वधारको कुनै कमी नरहेको राम्रोसँगले विद्यार्थीहरूले शिक्षा आर्जन गर्न सकिरहेको बताए। हालै यस पाठशालाले”नवीन शिक्षा केन्द्र” को रूपमा मान्यता प्राप्त विद्यालय व्यवस्थापन र पञ्चायत सदस्यहरूको प्रयासको प्रशंसा गरे। यसस पाठशालाका प्रभारी मिङ्मा शेर्पालाई २०२१ मा नवप्रवर्तन शिक्षाका लागि राष्ट्रपति पुरस्कारबाट सम्मानित गरिएको थियो। कम्पनीले सीएसआर योजना अन्तर्गत स्थानीय गाँउको हितको लागि विभिन्न कल्याणकारी कार्य गर्दै आइरहेको जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement