दमक: झापाको कमल गा.पा.३ स्थित केर्खा बजारमा रात्रि बसको ठक्करबाट दुईजनाको घटनास्थलमै मृत्यु भएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत केर्खा बजारमा विद्युतीय साइकलमा सवार बाबा छोरीलाई काठमांडूतर्फ जाँदै गरेको रात्रि बसले ठक्कर दिँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

घटनास्थल यति बेला तनावग्रस्त बनेको छ भने पूर्व पश्चिम राजमार्गमा यातायात ठप्प भएको छ।