मणिपुर: केसीपी (पीडब्ल्यूजी)- का छःजना कार्यकर्ता पक्राउ

66402c555bc3a-6-cadres-of-armed-militant-outfit-kcppwg-arrested-124124303-16x9

इम्फाल: मणिपुरको इम्फाल ईस्ट जिल्लामा पुलिसले प्रतिबन्धित कांगलिपाक कम्युनिस्ट पार्टी (पीपुल्स वार ग्रुप)- का छःजना सदस्यहरूलाई पक्राउ गरेको छ। जिल्लाको मोरोमपत क्षेत्रबाट पक्राउ गरिएका यी क्याडरहरूको पहिचान ओइनम अबुंग मैतेई (३१), लेइमापोकपम हरि मैतेई (५३), याइखोम लुखोई सिंह (३२), ओइनम बिजेन मैतेई (२५), अथोकपम इनाओबी देवी (३८) र मोइरंगथेम इचन देवी (२०)- को रूपमा गरिएको छ।
अभियानको क्रममा पुलिसले ३ लाख ८९ हजार रुपियाँ नगद, एउटा कार अनि दुईवटा मोटर साइकल सहित तीनवटा वाहन एवं मोबाइल फोन जफ्त गरेको छ। पुलिस सूत्र अनुसार यो समूहले क्षेत्रमा निजी व्यवसायी, सरकारी कार्यालय तथा नागरिकहरूलाई लक्षित गरेर व्यापक रूपमा बलजफ्ती असुलीको नेटवर्क संचालन गर्दै आइरहेका थिए। संदिग्धहरू कथित रूपमा अवैध हतियारको सौदामा पनि सामेल थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement