असम: जंगली हात्तीले उत्पात मच्चाउँदा किसानहरू समस्यामा

Elephant

जाेरहाट: जोरहाट जिल्लाको मोरियानी औ यस वरपरका क्षेत्रहरूमा जंगली हात्तीहरूको उपद्रवदेखि किसानहरू हैरान भएका छन्। किसानहरूले बुधवार बताए, खाद्य वस्तुको खोजीमा जंगली हात्तीहरूको झुण्डले मोरियानीको गञ्जु गाउँ, दानी गाउँ, सोनाजुड़ी, जोडनी, कुर्मी गाउँ, मोरान आदि गाउँहरूमा प्रवेश गरी फसलहरूलाई व्यापक क्षति पुऱ्याइरहेको छ।
लगभग ७०-८० वटा हात्तीहरू प्रत्येक राती खाद्यको खोजीमा गाउँ वरिपरीका खेतहरूमा आउँछन्। यी हात्तीहरूले फसलहरूलाई क्षति पुऱ्याएकोमा किसानहरू चिन्तित भएका छन्। स्थानीय किसानहरूले बताए, वन विभाग जंगली हात्तीलाई नियन्त्रण गर्न पूर्ण रूपले विफल साबित भइरहेको छ जसले गर्दा किसानहरूलाई ठूलो क्षति भइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement