गरीब जन कल्याण प्रकोष्ठले गऱ्यो स्वास्थ्य केन्द्रको निरीक्षण

IMG-20220825-WA0180.jpg

गान्तोक: स्वास्थ्य क्षेत्रमा सरकारलाई सहयोग पुऱ्याउँदै आइरहेको गरीब जन कल्याण प्रकोष्ठले आज दक्षिण जिल्लाको जोरथाङमा अवस्थित सामुहिक स्वास्थ्य केन्द्रको भ्रमण गऱ्यो। गरीब जन कल्याण प्रकोष्ठका मुख्य संरक्षण प्रभाकर गोलेको साथमा मुख्यमन्त्रीका स्वास्थ्य अधिकारी डा० सुबास तामाङको विशेष उपस्थिति रहेको थियो। हाल जोरथाङ वरिपरि डेंगु रोगले धेरै मानिसहरूलाई सताई रहेका छन् भने उक्त रोगको औषधीको आपूर्ति रहेको जानकारी प्राप्त भए पछि वास्तविकता बुझ्न टोलीले भ्रमण गरेको हो। भ्रमण पछि लिएको जानकारी स्वास्थ्य विभाग अनि मुख्यमन्त्री समक्ष पुऱ्याएर यसको समाधन शीघ्र गर्ने भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement