दाना चल्रवातको प्रकोप, केही एक्सप्रेस ट्रेन रद्द

cyclone-yaas-25

काेलकाता: बंगालका खाड़ीमा निर्मित चक्रवातलाई मध्यनजर गर्दै पश्चिम बंगाल सरकार पहिलाबाटै सतर्क भएको छ भने अब रेलवेले पनि धेरैवटा महत्वपूर्ण कदमहरू उठाएको छ। दक्षिण-पूर्व रेलवेले बिहीवार केही ट्रेनहरूलाई रद्द गरिदिएको छ, किनभने १२०-१३५ किलोमीटर प्रतिघण्टाको गतिमा आउने चक्रवात ‘दाना’ -को कारणले क्षेत्रमा गम्भीर खतरा आइलाग्ने आशंका व्यक्त गरिएको छ।विशेष तटीय क्षेत्रहरूमा ठूलो सतर्कता अप्नाइँदैछ जसबाट रेलवे अनि यात्रीहरूको सुरक्षा सुनिश्चित गर्न सकियोस्। चक्रवात ‘दाना’ बिहीवार अबेर राती वा शुक्रवार बिहान पुरी तथा सागरद्वीपबीच कतै ल्याण्डफल हुने सम्भावना छ। त्यसैले पुरी तर्फ जाने सबै ट्रेनहरूलई रद्द गरिएको छ।दक्षिण भारत तर्फ जाने केही महत्वपूर्ण ट्रेनहरूमा पनि यसको प्रभाव पर्नसक्छ। यसमा मुख्य गरी पुरी जाने वन्दे भारत एक्सप्रेस सामेल छ। रेलवे सूत्र अनुसारहावड़ा, शालीमार औ सन्तरागाछीदेखि ८५ लामो दूरत्वका ट्रेनहरूलाई रद्द गरिएको छ भने डाउन लाइनबाट आउने ९३ वटा ट्रेननहरूलाई पनि रद्द गरिएको छ जसमा सुपरफास्ट एक्सप्रेस सामेल छ जसको संचालन हाल स्थगित राखिएको छ। रेलवेले तटीय क्षेत्रहरूका रेल मार्गहरूमा विशेष होशियारी अप्नाएको छ। पूर्व रेलवेको हावड़ा अनि सियालदह डिभीजनले पनि केही महत्वपूर्ण कदमहरू उठाएको छ। नामखाना, डायमण्ड हार्बर औ हसनाबाद जस्ता तटीय क्षेत्रहरूमा पनि सतर्कता लागू गरिएको छ। रेलवे सुनिश्चित गरेको छ, तीव्र हावाको कारणले ट्रेनको रोल डाउन हुन नदिनको लागि ट्रेनका चक्काहरूमा चेन लगाइरहेको छ तथा चक्काको मुनि’गुटका’ नामक विशेष उपकरण राखिरहेको छ। रेलवेको इञ्जीनियरिंग विभागले जोखिमपूर्ण नदीका पुलहरूको स्थितिको जाँच शुरू गरिसकेको छ। यसको साथै बिहीवार अनि शुक्रवार इमरजेन्सी कन्ट्रोल रूम खोल्ने योजना बनाइएको छ। हरेक स्टेशनमा ट्रेनहरूको स्थितिको घोषणा गरिनेछ अनि पानी जम्मा हुने सम्भावनालाई मध्यनजर गर्दै पम्पहरूको व्यवस्था गरिरहेको छ। तटीय क्षेत्रहरूका विभिन्न स्टेशनहरूमा इञ्जीनियरिंग अनि सिग्नल विभागका कर्मीहरूलाई तैनाथ गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement